रणवीर र दीपिका छोरीका बाबुआमा


एजेन्सी ।

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण बाबुआमा बनेका छन्। शनिबार दीपिकाले मुम्बईको गुरगाउ“ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।

गत फ्रेबुअरीमा आफू गर्भवती रहेको घोषणा गरेकी दीपिकाले सन्तानलाई जन्म दिनु एक दिनअघि गणेश चतुर्थीको दिन सिद्धिविनायक मन्दिर पुगेकी थिइन्।

दीपिकाले केही दिनअघि पतिको साथ म्याटरनिटी फोटोसुट गराएकी थिइन्। सो फोटोको चर्चा सामाजिक सञ्जालमा सेलाउन नपाउ“दै उनले आफ्ना फ्यानहरूलाई खुसीको खबर दिएकी हुन्।

दीपिका र रणवीर सन् २०१३ मा फिल्म गोलियोङकी रसलीला : रामलीला फिल्मको सेटबाट नजिकिएका थिए भने सन् २०१८ मा प्रेमलाई विवाहमा परिणत गरेका थिए।