मिस्टर बिस्ट
सस्क्राईबर: ३०८ मिलियन
अमेरिकी युट्युबर मिस्टर बिस्ट अर्थात् जिमी डोनाल्डसन विश्वकै सबैभन्दा बढी सब्सक्राइबर भएका अमेरिकी युट्युबर हुन्। उनी गत जुनमा मात्रै भारतीय म्युजिक लेबल टी–सिरिजको कीर्तिमान तोड्दै विश्वको पहिलो नम्बर पुग्न सफल भएका हुन्। योस“गै उनको मिस्टर विष्ट विश्वमै सर्वाधिक पछ्याइने युट्युब च्यानल बन्न सफल भएको हो।
टिसिरिज
सस्क्राईबर: २७० मिलियन
सुपर क्यासेट इंडस्ट्रीज प्राइभेट लिमिटेड टि सिरिजको रूपमा व्यापार गर्दै, गुलशन कुमारद्वारा सन् १९८३ मा स्थापना गरिएको एक भारतीय संगीत रेकर्ड लेबल तथा फिल्म निर्माण कम्पनी हो। यो मुख्य रूपमा हिन्दी फिल्म साउन्डट ट्रयाक र इन्डि–पप संगीतको लागि परिचित छ।
कोकोमेलन
सस्क्राईबर: १७९ मिलियन
कोकोमेलोन ब्रिटिश कम्पनी मुनबग इन्टरटेनमेन्टको स्वामित्वमा रहेको अमेरिकी युट्युब च्यानल हो र यसलाई अमेरिकी कम्पनी ट्रेजर स्टुडियोले व्यवस्थापन गर्छ। बाल गीत र रोमाञ्चक एनिमेसन भिडियोहरूका कारण कोकोमेलन बालबालिकामाझ निकै लोकप्रिय छ।
सेट ईण्डिया
सस्क्राईबर: १७५ मिलियन
सोनी इन्टरटेनमेन्ट टेलिभिजन (सेट ईण्डिया) भारतको एक प्रमुख हिन्दी मनोरन्जन च्यानल हो। विभिन्न नाटक र रियालिटी शोका कारण सन् १९९५ मा सुरु भएको यस च्यानलको लोकप्रियता बढेको छ। यसका साथसाथै यसको युट्युब च्यानल पनि लोकप्रिय छ।
किड्स डायना शो
सस्क्राईबर: १२४ मिलियन
किड्स डायना शो, बालबालिकामाझ लोकप्रिय अंग्रेजी भाषाको च्यानल हो। जसमा ७ वर्षिया डायना र उनको भाइ रोमालाई मनोरन्जनात्मक भिडियोमा देखाइएको छ। च्यानल उत्कृष्ट सम्पादन, आकर्षक सामग्री, र लगातार अपलोड भईरहने कन्टेन्टका कारण यो शो बालबालिकामाझ छिट्टै लोकप्रिय बन्न सफल भएको हो। सन्् २०१५ मा खोलिएको यस च्यानलले आफ्ना ग्लोबल अडियन्सलाई ध्यानमा राख्दै यसका कन्टेन्टहरु विभिन्न २० भाषामा डब गर्ने गर्दछ।
भ्लाद एण्ड निकी
सस्क्राईबर: १२२ मिलियन
भ्लाद एण्ड निकी बालबालिकाहरुले सबैभन्दा धेरै हेर्ने च्यानलमध्ये एक हो । जसमा खाना पकाउने भिडियोहरू, विभिन्न संस्कृति र भाषाहरूमा खेलौना अनबक्सिङसम्मका मनोरञ्जन र जानकारीमूलक सामग्री प्रस्तुत गर्ने गरिन्छ।
लाईक नास्ट्या
सस्क्राईबर: ११८ मिलियन
लाईक नास्ट्या नामक युट्युब च्यानल पनि बालबालिकामाझ निकै लोकप्रिय छ। आठ वर्षकी अनास्तासिया रिजिन्सकायाले यस च्यानलमा गेमिङ, ट्राभल सिङ्गिङलगायतका भिडियोशेयर गर्ने गर्छिन्। यो च्यानलमार्पmत उनको लोकप्रियता विश्व्यापी छ।
प्यूडिपाई
सस्क्राईबर: १११ मिलियन
प्यूडिपाईको वास्तविक नाम फलक्स अर्विड उल्फ केजेलबर्ग हो। उनी आफ्नो च्यानलमा गेमिङ, विभिन्न प्रतिक्रिया र ट्राभल भिडियोसहित विविधप्रकारका युट्युव सामग्रीका लागि परिचित छन्। भिडियोहरुको कारण टाईम्स म्यागाजिनको एक सय प्रभावशाली व्यक्तिमा पर्न सफल उनले डिजिटल संसारमा प्रतिष्ठित व्यक्तित्व बनाएकी छन्।
जिम्यूजिक कम्पनी
सस्क्राईबर: १०९ मिलियन
भारतको मनोरञ्जन कम्पनीमध्ये एक जि म्यूजिक कम्पनीको टेलिभिजन सामग्रीको विशाल पुस्तकालयको हो जि म्युजिक युट्युब च्यानल। जसमा बलिउड गीत–संगीत, परम्परागत शास्त्रीय धुनदेखि आधुनिकसम्मका गीत संगीत हेर्न र सुन्न सकिन्छ।
डब्ल्युडब्ल्युइ
सस्क्राईबर: १०३ मिलियन
डब्ल्युडब्ल्युइ च्यानलले रेस्लिङका विभिन्न शोका साथमा विश्व प्रतिष्ठित रेस्लिङ खेलाडीहरुको लाइभ शो प्रस्तुत गर्दै यसका दर्शकलाई मनोरञ्जन प्रदान गर्छ। मनोरञ्जनात्मक भिडियोका कारण यसको लोकप्रियता विश्वका बालबालिकादेखि वयस्कसम्मका दर्शकमाझ छ।











प्रतिक्रिया