अथाहा सम्पत्ति भएका १० अभिनेता

4.23k
Shares

विश्व कला जगतमा  यस्ता धेरै व्यक्ति छन्, जोसँग अथाह सम्पत्ति छ। हुन त कला क्षेत्र सबैभन्दा धेरै पारिश्रमिक मिल्ने पेसा होइन। तर, कलाकारले आफ्नो स्टारडमको उपयोग गरेर  पैसा आर्जन गर्ने गर्छन्। प्रायः कलाकार केवल एकमात्र क्षेत्रमा सिमित रहँदैनन्। उनीहरु कलाका साथै विभिन्न व्यापार व्यवसायमा समेत संलग्न रहेर पैसा कमाइरहेका हुन्छन्। तीनैमध्येका सर्वाधिक कमाइ गर्ने विश्वका दश उत्कृष्ट अभिनेता यी हुन् 


 १. ब्रोक पियर्स

सम्पत्ति : २ बिलियन डलर

ब्रोक पियर्स एक सफल हलिउड अभिनेता हुन्। सन् १९८० मा  जन्मिएका उनी १९९० मा बाल कलाकारको रूपमा सफल भएका थिए। लिटिल बिग लिग, द माइटी डक्स, प्रोब्लेम चाइल्ड ३ जस्ता फिल्ममा बाल कलाकारको रूपमा देखा परेका ब्रोक पियर्सले डिजिटल इन्टरटेनमेन्ट नेटवर्कनामक गेमिङ मनोरन्जन कम्पनीकासाथ साझेदारी गरेर सम्पत्ति आर्जन गरेका हुन्। उनीसँग दुई बिलियन अमेरिकी डलरबराबरको सम्पत्ति छ। योसँगै उनी विश्वका सबैभन्दा धनी अभिनेताको सूचीको एक नम्बरमा परेका छन्। उनी क्रिप्टोकरेन्सीमा काम गर्ने अमेरिकी उद्यमीका रूपमा पनि चिनिन्छन्। उनले सन् २०२० मा संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिका लागि स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका थिए। 

२. टाएलर पेरी

सम्पत्ति १ बिलियन डलर

टेलर पेरी संयुक्तराज्य अमेरिकाको मनोरन्जन उद्योगमा सफल अमेरिकी अभिनेता हुन्। ५४ वर्षका अभिनेता, लेखक, निर्देशक र निर्माता टायलरले फिल्म तथा स्टेज प्रस्तुतिमा बोल्ड वृद्ध महिला मेबेल मेडिया सिमन्सको प्रख्यात चरित्र लेखनका लागि ठूलो प्रसिद्धि कमाएका थिए। सन् २०२४ सम्म उनको कुल सम्पत्ति एक बिलियन डलर छ। उनी विश्वमा सबैभन्दा सफल र समृद्ध अफ्रिकी–अमेरिकी अभिनय टाइकुन हुन्।

३. जेरी सेनफिल्ड

सम्पत्ति : ९ सय ५० मिलियन डलर

जेरी सेनफिल्डको जन्म २९ अप्रिल १९५४ मा भएको थियो। उनी एक प्रसिद्ध अमेरिकी अभिनेता, स्ट्यान्ड–अप कमेडियन, लेखक र निर्माता हुन्। उनले १९८९ देखि १९९८ को बीचमा ल्यारी डेभिडसँग आफ्नै अर्धकाल्पनिक संस्करणको अमेरिकी सिटकम सेनफिल्डको लेखन र अभिनय गरेका थिए। यो सबैभन्दा लोकप्रिय र प्रशंसित सिटकममध्ये एक बन्यो। उनीसँग नौ सय ५० मिलियन अमेरिकी डलरबराबरको सम्पत्ति छ। 

४. ड्वेन डगलस

सम्पत्ति : ८ सय मिलियन डलर

ड्वेन डगलस जोनसन अमेरिकी अभिनेता, उद्यमी र रेस्लर हुन्। उनी सबैभन्दा धनी अभिनेताको नम्बर चारमा पर्छन्। जोनसनलाई रकको नामले पनि चिनिन्छ जुन उनको स्टेजको नाम हो। उनी  उत्कृष्ट पेशेवर कुस्ती खेलाडीमध्ये एक हुन्। ५१ वर्षीय उनको कुल सम्पत्ति आठ सय मिलियन अमेरिकी डलर रहेको छ। 

५. शाहरुख खान

सम्पत्ति : ७ सय ३० मिलियन डलर

बलिउड अभिनेता सारुख खान विश्वका धनी अभिनेताको पाँचौं नम्बरमा पर्छन्। उमेरले ५८ वर्षका साहरुखले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् भने कयौं फिल्म निर्माणसमेत गरेका छन्। उनको कुल सम्पत्ति सात सय ३० मिलियन रहेको छ।

६. टम क्रुज

सम्पत्ति : ६ सय मिलियन डलर

अमेरिकी अभिनेता तथा निर्माता टम क्रुज संसारकै सबैभन्दा लोकप्रिय हलिउड आइकनमध्येका एक हुन्। गोल्डेन ग्लोब अवार्ड, मानार्थ पाल्म डिओरजस्ता अवार्ड चुमेका उनका फिल्मले उत्तरी अमेरिकामा करिब ४ बिलियन डलर र विश्वभर ११.५ बिलियन डलर कमाइसकेका छन्। जसले गर्दा उनी सबैभन्दा धेरै कमाउने बक्स अफिस स्टार बने। उनी सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारमध्ये एक हुन्। कुल सम्पत्ति ६ सय मिलियन डलरसहित उनी यो लिस्टको ७ नम्बरमा छन्। 

७. जर्ज क्लुनी

सम्पत्ति : ५ सय मिलियन डलर

जर्ज  टिमोथी क्लुनी उमेरले ६३ वर्षका भए। अमेरिकी अभिनेता, निर्देशक र निर्माता रहेका उनले अभिनय करिअर टेलिभिजनबाट शुरू गरेका हुन्। सन् १९९२ देखि १९९९ सम्म  डा. डग रसको भूमिकामा अभिनय गरेर विश्वव्यापी चर्चा कमाएका उनले फ्रम डस्क टिल डन, ब्याटम्यान एन्ड रोबिन, आउट अफ साइट, थ्री किंग्स, ओ ब्रदर, वेयर आर्ट यू ? जस्ता फिल्ममा उत्कृष्ट काम गरेका छन्। उनको नेट वर्थ ५ सय मिलियन डलर  छ। 

८. रोबर्ट डी निरो

सम्पत्ति ५ सय मिलियन डलर

धनाढ्य अभिनेताको आठ नम्बरमा पर्छन् अभिनेता  तथा निर्माता रोबर्ट डी निरो। एकेडेमी अवार्ड, गोल्डेन ग्लोब अवार्ड, स्क्रिन एक्टर्स गिल्ड लाइफ अचिभमेन्टलगायत अवार्ड चुमेका उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट प्रेसिडेन्सियल मेडल अफ फ्रिडम सम्मान पनि पाएका थिए। सन् २०२४ मा उनको कुल सम्पत्ति पाच सय मिलियन डलर छ।

९. आर्नोल्ड स्वाजनेगर

सम्पत्ति : ४ सय ५०  मिलियन डलर

आर्नोल्ड एलोइस श्वाजनेगर अस्ट्रेलियाली–अमेरिकी अभिनेता, फिल्म निर्माता, पूर्वराजनीतिज्ञ, पूर्वपेशेवर बडी बिल्डर र व्यापारी हुन्। उनी सन् २००३ देखि २०११ सम्म क्यालिफोर्नियाको ३८औं गभर्नरका रूपमा निर्वाचित भएका थिए। टाइम पत्रिकाले उनलाई २००४ र २००७ मा विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो। उनले २० वर्षको उमेरमा मिस्टर युनिभर्सको उपाधि जितेका थिए भने सातपटक मिस्टर ओलम्पियाको उपाधि चुमेका थिए। ७७ वर्षीय उनीसँग कुल सम्पत्ति लगभग ४ सय ५० मिलियन डलर रहेको छ। 

१०. केभिन हार्ट

सम्पत्ति : ४ सय ५० मिलियन डलर

केभिन डार्नेल हार्ट प्रसिद्ध अमेरिकी अभिनेता र कमेडियन हुन्। आफ्नो अभिनय करियर पिच गर्नुअघि केभिनले धेरै स्ट्यान्ड–अप कमेडी प्रतियोगिता जितेका थिए। सन् २००१ मा टेलिभिजन सिरिज अनडिक्लेयर्डबाट अभिनय यात्रा सुरुवात गरेका उनी  सन् २०१५ मा टाइम पत्रिकाको प्रभावशाली व्यक्तिको सूचीमा परेका थिए। उनको पनि कुल सम्पत्ति चार सय ५० मिलियन डलर छ।