सलमानले खुसुक्क दुबई पुगेर तिरिदिए राखीको मेडिकल बिल

9.4k
Shares

काठमाडौं ।

बलिउड अभिनेता सलमान खान मनका धनी छन् भन्ने कुरा फेरि एकपटक उनको व्यवहारले देखाएको छ। हुन त सलमानले थुप्रै सामाजिक कार्य र सामाजिक कार्यमा ठूलो रकम खर्च गरिरहेका हुन्छन्। तर , उनी आफूले गरेको सामाजिक कार्यको कहिल्यै पनि प्रचार गर्दैनन्। न त त्यसबारे कहिल्यै बोल्छन्।

उनले बलिउडकी ड्रामा क्विनको उपमा पाएकी अभिनेत्री राखी सावन्तलाई दुबई पुगरे सहयोग गरेका छन्। राखी हाल पेटमा भएको १० सेमी लामो ट्युमरको शल्यक्रिया गरेर आराम गरिरहेकी छन्। राखीले स्वास्थ्य र आर्थिक अवस्थासँग जुध्दै आएका बेला आफूले नभने पनि सलमानले दुबईमै पुगेर अस्पतालको बिल तिरिदिएको बताएकी छन्।

‘सलमान आफ्ना मानिसलाई कहिले पनि भुल्दैनन् र कसैलाई नबताइकन मद्दत गर्छन्। उनले मेरो मेडिकल बिल तिर्न पनि मद्दत गरे,’ सलमानका फ्यान रहेकी राखीले टेली टक इन्डियासँगको कुराकानीमा भनेकी छन्।

शुरूमा राखीलाई हृदयघात भएको भनिए पनि स्वास्थ्य जाँचका क्रममा उनमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएका थिए। त्यही क्रममा सामाजिक सञ्जालमा एक समूहले राखीले आफ्नो स्वास्थ्यबारे नाटक गरेको अभिव्यक्ति दिएका थिए।

केही समयअघि उनका पूर्वपति रितेश सिंहले राखीको स्वास्थ्य स्थिति निकै नाजुक रहेको र उनको स्वास्थ्य अवस्था नाटक नभएको बताएका थिए। राखीले आफ्नो अफ्ठ्यारो परिस्थितिमा पूर्वपति रितेशले आफूलाई निकै साथ दिएको समेत बताएकी छन्।