काठमाडौं ।
पोलिटिकल कमेडी जनरामा तै चुप मै चुपनामक फिल्म निर्माण घोषणा गरिएको छ। सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाले निर्माण गर्ने फिल्म घनश्याम लामिछानेले निर्देशन गर्नेछन्।
मनीष गौतमको लेखन रहने फिल्म काठमाडौं र पोखरामा छायांकन हुने निर्माण पक्षले जनाएको छ। फिल्मका लागि कलाकार र गीत संगीत छनोटको काम भइरहेको छ।
पोलिटिकल सस्पेन्स कथामा बन्ने फिल्ममा समसामयिक राजनीतिक घटनाक्रमलाई कमेडी ढंगले प्रस्तुत गरिने निर्देशक लामिछानेले बताए । यसअघि यो टिमले फिल्म चित्रा निर्माण गरेको थियो । आशिष थापामगर र प्रतिमा थापाले निर्माण गर्ने फिल्म आगामी वर्ष प्रदर्शन गरिने जनाएको छ ।











प्रतिक्रिया