आप्रवासीहरू चढेको डुङ्गा समुद्रमा डुब्दा ८९ जनाको मृत्यु

17.11k
Shares

एजेन्सी ।

अफ्रीकाको मोरिटेनियाको तटमा आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा ८९ जनाको मृत्यु भएको छ। सोमबार मोरिटेनियाको तटमा डुङ्गा पल्टिँदा कम्तीमा ८९ आप्रवासीको मृत्यु भएको मोरिटेनियाको सरकारी समाचार एजेन्सी(संस्था)ले बिहीबार जनाएको छ।

मोरिटेनियाली तट रक्षक (कोस्ट गार्ड)का अधिकारीहरूले ठुलो परम्परागत माछा मार्ने डुङ्गा पल्टिँदा प्रवासीहरूको शव फेला पारेको सरकारी समाचार संस्थाले जनाएको छ। ५ वर्षीया बालिका सहित ९ जनालाई उद्धार गरिएको छ।

डुङ्गा देशको दक्षिणपश्चिमी शहर एनडियागोबाट करिब ४ किलोमिटर (२.५ माइल) टाढा एट्लान्टिक महासागरको तटमा पल्टिएको थियो।

Skip This