एक्सिस ब्यान्ड दरबारमार्गमा गुञ्जिँदै

658
Shares

काठमाडौं ।

सांगीतिक ब्यान्ड एक्सिस विश्व संगीत दिवसको अवसर पारेर आज शुक्रबार राजधानीमा गुञ्जिने भएको छ। ब्यान्डले दरबारमार्गस्थित क्लब नेक्ससमा ९० मिनेटको कन्सर्ट गर्न लागेको हो। ब्यान्डले कन्सर्टमा हे मोरी, मुस्कान, सात समुद्र, अधुरो प्रेम, मेरो प्रेम, एकचोटि, पारीजस्ता आफ्ना हिट नम्बर प्रस्तु गर्नेछ।

ब्यान्डमा सन्दीप विश्वकर्मा (संस्थापक र भोकलिस्ट), अमूल्य श्रेष्ठ (ड्रम), सजिन मर्जन (बास), रोशन लामा (गीतारिष्ट) र निखिल सिकर्मी (गितार) छन्। ब्यान्डले गतबुधबार नेपाल टुर भिडियो समेटिएको गीत घरगाउ“ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको थियो। गीतको भिडियोमा पोखरा, नारायणघाट, बुटवल, झापा, काठमाडौं, भक्तपुर, ललितपुरलगायत स्थानमा आयोजित कन्सर्टका दृश्य समावेश छन्।

Skip This