शाकाहारीप्रति स्वाराको कटाक्ष

752
Shares

बलिउड अभिनेत्री स्वारा भास्कर प्रायः आफ्नो अभिव्यक्तिका कारण चर्चा र विवादमा रहने गर्छिन्। हालै स्वाराले एक्स प्लेटफर्ममा एक पोस्ट सेयर गरेकी छन्। जुन पोस्टलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरिहेका छन्।

वास्तवमा उनले एक फूड ब्लगरको ट्वीटलाई रिट्विीट गरेर शाकाहारीहरूविरुद्व पोस्ट लेखेकी थिइन्। नलिनी उनागरनामक फूड ब्लगरले ‘म शाकाहारी हुनुमा गर्व गर्छु। मेरो थाली आँसु, क्रूरता र पापमुक्त छ भनेर’ लेखेर शाकाहारी खानाको थालीसहित गरेको पोस्टलाई स्वाराले रिट्वीट गर्दै लेखेकी छन्, ‘इमानदारीपूर्वक भन्नुपर्दा शाकाहारी मानिसबारे मैले केही बुझिनं। तपाईंको सम्पूर्ण आहार गाईंका बाछालाई आमाको दूधबाट छुटाएर गाईलाई जबरजस्ती गर्भाधान गर्ने, त्यसपछि तिनीहरूलाई आफ्ना बाछाबाट अलग गर्दै तिनीहरूको दूध चोरर दुहेपछि मात्र आउँछ। यसबाहेक तपाईंहरूले सागसब्जी खानुहुन्छ, जसले सम्पूर्ण बिरुवालाई नष्ट गर्दछ,’ भनेकी थिइन्।

स्वाराले शाकाहारी मानिसप्रति राखेको विचार धेरैलाई भने मन परेन। उनको पोस्टमा एक्स प्रयोगकर्ताले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन्। एक प्रयोगकर्ताले स्वारालाई सोधेका छन्, ‘म सहमत छु कि बाछोलाई आमाको दूधबाट अलग गर्नु गलत हो। तर, के तपाई यसरी लाखौं जनावर मार्नुलाई जायज ठहराउनुहुन्छ? मासाहारी मानिसलाई त दिवालीमा चर्को आवाजमा पटाका नपड्काउनूस् र होलीमा जनावरलाई रङ नदल्नुस्, जसले जनावरहरूलाई हानी गर्छ भन्दा पनि रिस उठ्छ। तर, यी चाडपर्व जनावर मारेर मनाइरहँदा पनि तपाईहरूलाई कुनै आपत्ति हुँदैन। मार्ने मात्र होइन खाएर नै चाडपर्व मनाउनुहुन्छ पनि।’

स्वारालाई शाकाहारी मानिसहरूले यस्तै खालका प्रश्न सोध्दै उनको शाकाहारी मानिसप्रतिको धारणामा तीखा प्रश्न उठाएका छन्।