रोशनको दुई थुंगा फूल

470
Shares

खोटाङ ।

असार–१, खोटाङमा जन्मी नेपाली गायन तथा संगीत क्षेत्रमा जम्न सफल रोशन राई (पालुवास्टार) को गीत दुई थुंगा फूल सार्वजानिक भएको छ।

२०६० सालमा म आकाशबाट खसेको तारा बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका पालुवास्टारले दर्जनौं गीतको सफलतापछि दुई थु“गा फूल सार्वजनिक गरेका हुन्। गायक राईकै युट्युब च्यानलमार्फत् रिलिज भएको गीतमा राईकाजी चाम्लिङको शब्द रचना र संगीत तथा लकेश चाम्लिङको एरेन्जमेन्ट रहेको छ।

हसन राईको प्रस्तुतिमा बनेको गीतको भिडियोमा जीवन भट्टराई र समापिका गौतमले अभिनय गरेका छन्।लक्ष्मी बर्देवाको अवधारणा र जीवन भट्टराईकै निर्देशन रहेको गीति भिडियोमा बियोगान्त प्रेमकथा प्रस्तुत गरिएको छ। भिडियोमा बुद्ध थापाको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ।

पालुवास्टारको यसअघि तिमीलाई मैले, तिम्रो शरीर चाहिँदैन, कथा मेरो, ख्यालठट्टा पो रैछ, मेरो प्यारो खोटाङ, तिमीसित माया गर्दा, जीवनमा एउटैजस्ता गीतले चर्चा पाएको छ।

Skip This