लक्ष्मीनाथलाई लाइफटाइम अचिभमेन्ट अवार्ड



काठमाडौं ।

फिल्म निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्मा लाइफटाइभ अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। कोशी चलचित्र महोत्सव २०८१ को अवसरमा शर्मालाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले लाइफटाइभ अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन्।

सो अवसरमा अभिनेता शिव श्रेष्ठ,चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष तथा निर्माता राजकुमार, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक नवीन सुब्बा, निर्माता छविराज ओझा, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार तथा निर्देशक रमेश बुढाथोकी र रंगपत्रकार प्रकाश सुवेदीलाई विशेष योगदान सम्मान २०८१ बाट सम्मानित गरिएको छ।

त्यसै गरी फिल्मकर्मी कुबेर शर्मा, चिरञ्जिवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुर्इंटेल, वीरेन्द्र झा, विपिन प्रसाईं, सुवास मेचे, प्रेम देवानलगायतलाई प्रादेशिक सम्मान प्रदान गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा सम्पन्न महोत्सवमा ४४ छोटा तथा फिचर फिल्म सहभागी थिए। कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले कोशी प्रदेशलाई चिनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए।

महोत्सवमा कोशी प्रदेशमा फिल्म निर्माण, विश्वबजारमा नेपाली फिल्म, नेपाली फिल्ममा महिला भन्ने विषयमा दिनेश डिसी, नवल खड्का, नवीन सुब्बा, सुचित्रा श्रेष्ठ र संगीता श्रेष्ठका साथ अन्तरक्रिया गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्