ट्रेलरमा थ्रिलर बाटो



Screenshot

काठमाडौं ।

नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा निर्मित फिल्म बाटोः रोड टु डेथको ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौं फिल्म्स्को ब्यानरमा मदन थापाको लेखन र निर्देशन रहेको फिल्मको दुई मिनेट ३४ सेकेन्डको ट्रेलर थ्रिलर शैलीमा छ।

ट्रेलरमा जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रले व्यहोरेका समस्या देखाइएको छ। एम्बुलेन्समा सवार नर्सले अस्पतालका सामग्री हातमा बोक्न सहयोगको याचना गरिरहेको दृश्य समेटिएको ट्रेलरमा जंगलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित बनाउ“छ र दुःख दिन्छ भन्ने देखाइएको छ।

भारतको चेन्नईंमा प्राविधिक कार्य गरिएको फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरन शाहीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्