नेपालको विजयी सुरुआत

0
Shares

काठमाडौं ।

नेपालले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ। बंगलादेशको ढाकामा सुरु प्रतियोगितामा नेपालले मलेसियालाई ६७–३० ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन्।

नेपालका कप्तान घनश्याम रोकामगर ‘म्यान अफ दि म्याच’ घोषित हुँदै १५ हजार टाका प्राप्त गर्न सफल भए।

Skip This