प्रियंकाको गलामा करोडौंको हार

196
Shares

काठमाडौं ।

बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय हलिउडमा गरेका कामका कारण चर्चामा आउने गर्छिन्। तर उनी हालै करोडौंको हिराको हार लगाएका कारण चर्चामा छिन्।

प्रियंकाले हालै बल्गरी गहना ब्रान्डको १४०औं वार्षिकोत्सवमा करोडौंको हिराको हार लगाएर उनीहरूको ध्यान आफूतिर तानेकी हुन्। उनले लगाएको बल्गरी ब्रान्डको हालसम्मकै महंगो गहना हो।

उनले लगाएको सो हारको मूल्य तीन सय ५८ करोड रुपियाँ रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। फ्री प्रेस जर्नलको रिपोर्टअनुसार प्रियंकाले लगाएको सो हिरा एक सय ४० क्यारेटको रहेको छ।

उक्त गहना दुई हजार आठ सय घण्टामा निकै अब्बल कालीगढद्वारा तयार पारिएको समाचारमा जनाइएको छ। बल्गरीले आफ्नो आधिकारीक फेसबुक पेजमा प्रियंकाले सो हार लगाएको तस्वीर सेयर गर्दै उनी बल्गरीको विश्व ब्रान्ड एम्बेस्डर भएको जनाएको छ।

कामको कुरा गर्ने हो भने प्रियंका छिट्टै नै फरहान अख्तरको निर्देशनमा बन्न लागेको जीले जरामा देखिँदैछिन्। यसका अलवा उनी हलिउड अभिनेता जोन सिना र ईद्रिस एल्बा स्टार हेड्स अफ स्टेटमा देखिँदै छिन्।