नेपाल अफ्रिका फिल्म फेस्टिवल असारमा



काठमाडौं ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनामा आगामी असारको पहिलो साता राजधानीमा १२औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ आयोजना हुने भएको छ।

कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले महोत्सवका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जनभन्दा बढी अफ्रिकन फिल्म, लुघ फिल्म तथा वृत्तचित्र समावेश भएको जानकारी गराइन्। यीमध्ये बढीमा एक दर्जन अफ्रिकी फिल्म समावेश गराइने उनले बताइन्।

महोत्सवमा विभिन्न नेपाली फिल्म, लघु फिल्म, वृत्तचित्र, अदिवासी फिल्म र विधार्थीका फिल्म प्रदर्शन गरिने भएको छ। नेपाली र अफ्रिकन फिल्मको सम्बन्धलाई जोड्दै दुई फरक महादीपको संस्कृति फिल्ममार्फत आदनप्रदानका लागि महोत्सव आयोजना गर्दै आएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्