कियाराको कान्स लुक्स



काठमाडौं ।

बलिउड अभिनेत्री कियारा आडवाणी हालै फ्रान्समा भएको ७७औं कान्स फिल्म फेस्टिभलमा सहभागी भएर चर्चा बटुलिन्। पहिलोपटक कान्समा सहभागी भएकी कियाराको कान्स लुक्सलाई धेरैले मन पराए। तर, उनी कान्समा सहभागी हुँदा सामाजिक सञ्जलमा ट्रोलसमेत बन्न पु्गिन्।

कियाराले वुमेन इन सिनेमा गाला डिनरमा भारतको प्रतिनिधित्व गर्दै सहभागी हुने क्रममा पश्चिमा सञ्चारमाध्यमका साथ कुराकानी पनि गरिन्। जसमा उनले आफ्नो करिव एक दशकको कलाकारिताको क्रममा कान्समा पहिलोपटक सहभागी हुँदाको खुसी व्यक्त गरिन्।

सो कुराकानी प्रसारण भएपछि उनको भिडियो भाइरल बनेको छ। उनी आफूले बोलेको शैली र लवजका कारण भारतीयमाझ ट्रोल बन्न पुगेकी छन्। भिडियोमा उनको बोल्ने शैली निकै नै बनावटी भएको भन्दै धरैले उनलाई मजाकसमेत बनाएका छन्।

भारतबाट फ्रान्स पुग्नेबित्तिकै आफूलाई किम कार्डसियनजस्तो महसुस गरेर असुहाउँदो रूपमा प्रस्तुत भएको कियारामाथि आरोप छ।

प्रतिक्रिया दिनुहोस्