मैथिली भाषामा लेबर



काठमाडौं ।

जीविकोपार्जनका लागि देश छाडेर श्रम गर्न विदेशिन बाध्य नेपालीको कथामा निर्माणाधीन मैथली फिल्म लेबरको टिजर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको छ।

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स् प्रालिको ब्यानरमा पुर्णेन्दु के झाले निर्माण र निर्देशन गर्ने फिल्म मैथली भाषामा निर्माण हुनेछ भने नेपाली र भोजपुरी भाषामा डबिङ भई तीन भाषामा रिलिज हुनेछ।

सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी, र लक्ष्मी ठाकुर सह निर्माता रहने फिल्ममा पुर्णेन्दु के झा र नरेश मिश्राको लेखन, प्रवेश मल्लिकको संगीत र पाश्र्व संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, अक्की थेक्पाको कला निर्देशन, आलोक शुक्लाको छाया“कन निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहनेछ।

उत्पल झा, रामभजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायत कलाकारको अभिनेता रहने फिल्म आगामी डिसेम्बर महिनामा रिलिजमा गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्