आईपीएलमा आज मुम्बई र हैदरावाद भिड्दै


काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ। मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा मुम्बईको खराब प्रदर्शन रहेको छ। अहिलेसम्म ११ खेलमा ८ खेलमा हार बेहोरेको मुम्बईको केवल ६ अङ्क रहेको छ र अङ्क तालिकामा पुछारमा रहेको छ।

मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ। त्यस्तै हैदरावादले १० खेलमा ६ जित र ४ हारसहित १२ अङ्क हासिल गरेको छ र अङ्क तालिकामा चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।