सहकारीको ठगी ट्रेलरमा



काठमाडौं ।

कमेडी शैलीमा निर्मित फिल्म खजुरे ब्रोको ट्रेलर राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। आगामी वैशाख २८ गते रिलिजमा आउने फिल्मको सार्वजनिक ट्रेलरमा मुख्य पात्रहरूलाई प्रस्तुत गरिएको छ।

सहकारी ठगीको विषय समेटिएको ट्रेलरमा फिल्मका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापालाई प्राथमिकता दिइएको छ। फिल्म पूर्ण मनोरञ्जनात्मक हिसाबले निर्माण गरिएको निर्देशक सुरज सुनुवारको दाबी छ।

फिल्ममा खजुरे ब्रोको भूमिका निर्वाह गरेका अभिनेता रेअर राईले आफ्नो पात्रले दर्शकलाई हसाउने बताए। त्यस्तै, अभिनेता महेश त्रिपाठीले फिल्मको कथा फरक भएको दाबी गरे। अभिनेत्री नीतिले फिल्मको ट्रेलरमा आफ्नो उपस्थिति धेरै नभए पनि फिल्ममा राम्रो उपस्थिति रहेको बताइन्।

दिव्य दृश्य इन्टरटेन्मेन्ट, मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको सहकार्यमा नवीन मानन्धर र सुरज सुनुवारद्वारा निर्मित फिल्ममा अनमोल गुरुङको संगीत, शिशिर विशंखेको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्