ठूल्दीदी निर्माण गर्दै प्रज्ञा



काठमाडौं ।

अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले टेलिभिजन सिरिज ठुल्दिदी निर्माण गर्ने भएकी छन्। प्रज्ञा फिल्म्स्को प्रस्तुतिमा जोशीले निर्माण गर्ने सिरिजको हालै राजधानीमा मुहूर्त गरिएको छ।

प्रज्ञाकै निर्देशन रहने सिरिजमा उनका साथमा विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला, विनयराज पौडेललगायतले अभिनय गर्नेछन्।

सिरिजमा लय संग्रौलाको लेखन र गीत रचना, विकास चौधरीका संगीत र मदनकश्यप घिमिरेको छायांकन रहनेछ। प्रज्ञाले यसअघि ठूलो पर्दाका सम्झना, नोटबुक, सपुत, न बिर्से तिमीलाईजस्ता फिल्म निर्माण गरेकी छन्। त्यस्तै, हिट टेलिसिरियल सिन्दुर निर्माण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्