ईभी माइक्रोको भाडा घट्यो



नुवाकोट । 

काठमाडौँ –त्रिशूली भएर चल्ने ईभी माइक्रो बसको भाडा घट्ने भएको छ ।

नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहीबार २० गते देखि लागू हुने गरी भाडा घटाउने बताएका हुन् । टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माईक्रोको भाड तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए ।

यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्वारा संचालित ईभी माइक्रोहरुले पनि २० गते बिहीबार देखि भाडा घटाउने बताएका छन् ।

यसअघि ईभी माईक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो । सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरुले ईभीको भाडा आफु्खुशी लिँदै आएका छन् ।

नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा.ली र नेपाल माइक्रोवस कम्पनी प्रालिले ईभी माइक्रो सञ्चालन गरिरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्