राजधानीमा रित्तो गाउँ



काठमाडौं ।

छोटो डकुमेन्ट्री फिल्म रित्तो गाउँको राजधानीमा विषेश प्रदर्शन गरिएको छ। त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा. उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित सर्ट डकुमेन्ट्री फिल्म रोटरी क्लब अफ ग्रिनल्यान्ड काठमाडौंको आयोजनामा विशेष प्रदर्शन गरिएको हो।

आधा दर्जनभन्दा बढी सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक रामजी ज्ञवालीको लेखन र निर्देशनमा बनेको फिल्मले युवा पलायनले रित्ति“दै गएको गाउँको कथा प्रस्तुत गरेको छ।

निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन थालिएको बताए। उनले देशका विभिन्न ठाउ”स“गै विदेशमा समेत रित्तो गाउँको विशेष प्रदर्शन गरिने जानकारी गराए।

रित्तो गाउामा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल, सविना राउतलगायतले अभिनय गरेका छन्। आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको फिल्ममा निरज कंडेलको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्