अमेरिकाबाट तेल भिषा



काठमाडौं ।

निर्माता निर्देशक शंकर घिमिरेले लामो समयपछि निर्माण र निर्देशन गर्न लागेको फिल्म तेल भिसाको छायांकन अमेरिकाबाट शुरू हुने भएको छ।

अधिकांश भाग अमेरिका र केही भाग छायांकन नेपालमा गरिने फिल्मको सुटिङका लागि यसका मुख्य अभिनेता विपिन कार्की हालै अमेरिका पुगेका छन्। सुटिङको अवसर पारेर पहिलोपटक अमेरिका पुगेका अभिनेता कार्कीलाई मेरिल्यान्ड अभिनेत्री तथा निर्देशक शंकर घिमिरेकी पत्नी ऋचा घिमिरेले स्वागत गरेकी छन्।

फिल्ममा विपिन दोहोरी भूमिकामा देखिनेछिन्। फिल्मका दुई पात्रका लागि निर्माण युनिटले विपिनलाई उनले हालसम्म लिएको भन्दा धेरै बढी पारिश्रमिक प्रदान गरेका छन्।

फिल्ममा विपिनका साथमा ऋचा शीर्ष भूमिकामा देखिनेछिन्। फिल्म सुटिङका लागि विपिन र ऋचाका साथमा गौरी मल्ल, वर्षा राउतलगायत कलाकार पनि अमेरिका जाने तयारीमा छन् भने छायांकार सुसन प्रजापति केही दिनअघि नै पुगिसकेका छन्। अमेरिकाका विभिन्न राज्यमा बस्दै आएका कलाकार पनि तेल भिषाबाट पुनः पर्दामा देखिनेछन्।

निर्देशक घिमिरेका अनुसार केही दिन वर्कसप गरेपछि आगामी वैशाख २५ गतेबाट फिल्मका छायांकन आरम्भ हुनेछ। उनका अनुसार अमेरिकाको सुटिङ सेड्युल एक महिनाको रहेको छ।

७० प्रतिशत छायांकन अमेरिकामा गरेपछि बाँकी सुटिङ नेपाल आएर चितवनमा गरिने निर्देशक घिमिरेले नेपाल समाचारपत्रलाई जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस्