परिणतीको खुलासा



काठमाडौं ।

बलिउड अभिनेत्री परिणति चोपडा फिल्म क्षेत्रमा खरो सघंर्षले उदएकी कलाकार हुन्। विभिन्न हिट फिल्ममा काम गरेकी उनले आफ्नो फिल्मी करिअरको सुरुआती दिनका संघर्षबारे भारतीय सञ्चारमाध्यमका साथ खुलासा गरेकी छन्।

कुराकानीका क्रममा उनले आफूले भोग्नुपरेको आर्थिक समस्याबारे पनि खुलासा गरेकी छन्। आफूले सुरुआती दिनमा काम गरेअनुसार राम्रो पारिश्रमिक नपाउँदा फिटनेसलगायत विभिन्न विषयमा राम्रारी खर्च गर्न नसकेको समेत बताएकी छन्।

‘मैले शुरूमा एउटा फिल्म खेलेको केवल पाँच लाखमात्र पाएकी थिएँ। त्यसैले सबै कुरा व्यवस्थापन गर्नुपर्दा म फिटनेस क्लासमा राम्रो पैसा खर्च गर्न सक्दिनँ थिएँ। एक पटक त मेरो आफ्नै को–एक्टरले समेत फिटनेस क्लास नलिएका कारण मेरो मजाक उडाए। किनभने मैले उनले जस्तो फिटनेस ट्रेनरलाई महिनाको चार लाख दिन सक्दिनँ थिए।उनले यदि फिटनेस क्लास लिन नसक्ने भए बलिउड इन्डस्ट्रिमै नआउन भनेका थिएँ,’ परिणतीले कुराकानीका क्रममा खुलासा गरेकी छन्।

परिणतीले आफू मध्यम वर्गीय परिवारबाट आएका कारण अन्य धनी कलाकारले जस्तो आफूले खर्च गर्न पनि नसकेको बताएकी छिन्।

‘म मध्यम वर्गीय परिवारबाट आएकी हुँ। म अरू धनी कलाकारले जस्तो खर्च गर्न सक्दिनथेँ। मलाई थाहा छैन कि मुम्बईमा मानिसहरू कस्तो काम गर्छन्, मेरो साथमा त अहिले पनि हाईफाई साथी छैनन् र कोही जिम ट्रेनर, पर्सनल स्टाइलिस्ट पनि छैनन्। त्यस कारण पनि जो मानिस पहिलेदेखि नै बलिउडमा छन् उनीहरू मेरो जज गर्छन्’ उनले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्