औंलो उन्मुलन सम्बन्धी जनचेतना कार्यक्रम



काठमाडौं ।

विश्व औलो दिवसको अवसरमा बिहिबार जन स्वास्थ्य कार्यालय काठमाडौँले टेकुमा मिडियासँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा औलो बिरुद्धको लडाईलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं भन्ने मूल नाराका साथ नेपालमा पनि औंलो उन्मुलन सम्बन्धी जनचेतना कार्यक्रम गरियो ।

नेपालमा पहिला पहिला ठूलो संख्यामा औंलोको प्रकोप भैं तराई भेगमा धेरै मानिसले ज्यान गुमाउँने गर्थे अहिले धेरै सुधार भएकोछ । तर औंलोको प्रकोप उच्च पहाडि भेग र हिमाली भेंगमा लामखुट्टेको माध्यबाट फैलिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र प्रसाद मरासिनीले बताउनुभयो ।

नेपाल औलो रणनीति योजना २०१४– २०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ ।
रणनीतिलाई सफल बनाउन सन् २०२३, २०२४ र २०२५ मा औलो बिरामीको संख्या सून्य कायम गरी त्यसलाई निरन्तरता दिनु रहेको छ । तर, पछिल्लो एक वर्षमा देशभर ५ सय ७४ जना बिरामीको औलो पहिचान भई उपचार भएको छ । काठमाडौंमा भने सन् २०२२ र २३ मा समान १७ जनामा औलो देखिएको छ ।

ती सबै अफ्रिकी मुलुकबाट फर्किएका नेपालीमा देखिएको हो । यता स्वास्थ्य सेवा विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालु आर्थिक बर्षको ६ बैशाखसम्म देशमा ५ सय ७४ जना औलो रोगी भेटिएको र त्यसमा ५ जना ५६ जना आयातित केश रहेको उल्लेख गरेको छ । त्यसमा करीव ८० प्रतिशत भारतबाट आएको समेत महाशाखाका निर्देशक मरासिनीले जानकारी गराउँनुभयो । खुल्ला सिमाना भएका कारण नेपाल भारत सहज रुपमा आवत जावत हुने गर्दछ । भारतमा औंलो नियन्त्रण नहुँदासम्म नेपालले सफलता पाउन नसक्ने उहाँले बताउँनुभयो ।

उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख डा अर्जुनप्रसाद सापकोटाले आयातित केशहरु बढी रहेकोले नियन्त्रणका लागि चुनौती थपिएको बताउँनभयो । ‘खुशीको कुरा काठमाडौँमा स्थानीय केशहरु देखिएको छैन । तर, दुखको कुरा सबै आयातित केश हुन् । आवत जावत रोक्न पनि नमिल्ने, त्यसैले जहिले पनि यसको खतरा रही रहने भयो,’ उहाँले भन्नुभयो ।

उहाँले आयातित केशहरु अफ्रिकी मुलुकबाट भित्रिएको बताउँनुभयो । कार्यक्रममा जानकारी दिँदै भनियो विशेष गरि शान्ति सेनामा गएका अफ्रिकी मुलुक गएका नेपाली सैनिकहरुमा औलो देखिने गरेको छ । औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसंगै औलोको परजिवी चुस्दछ र लामखुट्टे संक्रमित हुन्छ । त्यस्ता लामखुट्टेले स्वस्थ मानिसलाई टोकेपछि औलो सर्दछ ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका जनस्वास्थ्य अधिकृत प्रबिना कर्माचार्यका अनुसार, ज्वरो आउनु, टाउको दुख्नु, थकाई लाग्नु, वाकवाकी लाग्नु, जिउ दुख्नु, बान्ता हुन्, अत्यधिक जाडो हुनु औलोको लक्षण हुन् । उहाँले नेपालको खुल्ला सिमाना, जलवायु परिवर्तनको असर, बसाई सराई लगायतका कारणले पनि औलो नियन्त्रण हुन चुनौती रहेको बताउँनुभयो । उहाँले काठमाडौँमा १ हजार २ सय ५० वटा स्वास्थ्य संस्थाबाट औलोको निशुल्क जाँच हुने गरेको समेत जानकारी दिनुभयो ।

उहाँले लामखुट्टेको टोकाइबाट जोगिन, झुल टाँगेर सुत्ने, लामखुट्टे नस्ट गर्ने लगायतका अभियान समुदायस्तरमा चलाउदै आइएको र त्यसलाई निरन्तरता दिइएको बताउँदै यो अभियानका लागि आम जनमानस चनाखो हुनुका साथै स्थानिय सरकारले पनि उत्तिकै चासो दिनुपर्छ भन्नुभयो ।
यता डा.मरासिनीले नेपालमा प्लाज्मोडियम फाल्सीफारम र प्लाज्मोडियम भाइभेक्स नामका दुई किसिमको परजिवी नेपालमा भेटिएको बताउँनुभयो । प्लाज्मोडियम फाल्सीफारमले गराउने औलो बढी कडा र जोखिम हुने पनि उहाँले जानकारी राउँनभयो ।

उहाँले लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगको जोखिमबाट जोगिने सर्बोत्तम उपाय भएको बताउँनभयो । नेपालमा सन् १९५४ अर्थात ७० बर्ष अघि देखि कीटजन्य रोग नियन्त्रण कार्यक्रममार्फत औलो नियन्त्रण कार्यक्रमको सुरुवात भएको थियो । हाल त्यसलाई समय सापेक्ष परिमार्जन सहित नियन्त्रणका प्रकृया अपनाउँदै गएको बताउँनभयो ।

प्रतिक्रिया दिनुहोस्