खजुरे ब्रोको मनी मनी



काठमाडौं ।

आगामी वैशाख २८ गते रिलिजमा आउने फिल्म खजुरे ब्रोको प्रमोसनल र्‍याप गीत मनी मनी हालै सार्वजनिक गरिएको छ। गीतमा र्‍यापर कुशल पोखरेलको स्वर र शब्द रचना तथा केपासको संगीत रहेको छ। गीतमा पैसाको बयान गरिएको छ।

बलिउडमा प्रमोसनका लागि यस्ता शैलीका भिडियो बनाउने प्रचलन रहेकाले खजुरे ब्रोका लागि यो गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए। फिल्म हाल चलिरहेको ट्रेन्डभन्दा फरक स्वादको रमाइलो हुने निर्माण समूहको दाबी छ।

भिडियोमा फिल्मकी नायिका नीति शाह र अर्का कलाकार नवीन मानन्धरलाई पैसा उडाइरहेको देखाइएको छ। रेअर राई, विनिता थापामगर, महेश त्रिपाठीलगायत कलाकारलाई भिडियोमा प्रस्तुत गरिएको छ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टीप्रपोज प्रालिसँगको सहकार्यमा नवीन मानन्धर र सुरज सुनुवारद्वारा निर्मित फिल्ममा सुनील श्रेष्ठ, अनील मानन्धर र पिकेश मानन्धर सहनिर्माता तथा डायमन्ड उप्रेती कार्यकारी निर्माता रहेका छन्।

नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनीष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राईलगायत कलाकारले अभिनय गरेको फिल्ममा अनमोल गुरुङको संगीत, शिशिर विशंखेको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ। फिल्म धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा कमेडी जनरामा बनाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्