ग्रामीण फिल्म महोत्सवमा निश्चल र स्वस्तीमा सर्वोत्कृष्ट



काठमाडौं ।

शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण फिल्म महोत्सवमा लक्ष्मण सुवेदीद्वारा निर्देशित सतीदेवी सर्वोत्कृष्ट फिल्म र फिल्म दिमाग खराबबाट निश्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक घोषित भएका छन्। सुवेदीले सतीदेवीबाट पटकथाको अवार्डलाई पनि आफ्नो बनाए।

महोत्सवमा नांगो गाउ“बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता र दिमाग खराबबाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट अभिनेत्री, अभिनेत्री मलिका महतले सतीदेवीबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड, फिल्म विच्छेदले जुरी मेन्सन अवार्ड, दिमाग खराबबाट राजेन्द्र मोक्तानले रंग संयोजनको अवार्ड उचाले।

त्यसै गरी सर्ट फिल्मतर्फ परिच्छेद सेनको मदर र माराङले बेस्ट कल्चरल फिल्मको अवार्ड पायो भने सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भएको छ।

महोत्सवमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाडौंबाट नजिकै रहेको रामेछाप जिल्लामा फिल्मको सुटिङ गर्नेखालका धेरै ठाउँ देखेको बताए।

महोत्सवको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न महोत्सवमा दिमाग खराब,नांगो गाउँ, बिच्छेद, सतीदेवी, डेसानलगायत फिल्मका साथमा सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न भाषाभाषीका फिल्म निःशुल्क प्रदर्शन गरिएका थिए। महोत्सवअन्र्तगत विभिन्न विषयमा सिनेमा संवाद कार्यक्रम पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्