चर्चामा बोक्सीको घर

56
Shares

काठमाडौं ।

आगामी वैशाख १४ गते रिलिज हुने फिल्म बोक्सीको घरको ट्रेलर सार्वजनिक भएस“गै राम्रो चर्चा पाएको छ। ट्रेलरमा फिल्मकी अभिनेत्री केकी अधिकारीले गरेको अभिनयलाई फिल्मकर्मीसँगै दर्शकले रुचाएका छन्।

नयाँ वर्षको अवसर पारेर हालै राजधानीको एलओडीका दर्शकमाझ पनि फिल्मको ट्रेलर देखाइएको छ। सहभागीहरूले ताली बजाउँदै ट्रेलरको तारिफ गरेका थिए।

‘ट्रेलर सार्वजनिक भइरहँदा उहाँहरूले ट्रेलर मन पराइदिनुभयो। मेरो अभिनयसँगै ट्रेलर मेकिङ, अन्य कलाकारको काम र त्यसमा प्रयोग गरिएको ध्वनिको तारिफ गरेको पाएँ,’ कार्यक्रममा फिल्मकी निर्मात्रीसमेत रहेकी केकी अधिकारीले भनिन्। फिल्ममा रहेको बुझिनँ मैले गीत सामाजिक सञ्जालमा भाइरल छ।

आठ वर्षअघि मञ्चन भएको नाटक बोक्सीको घबरमाथि रहेर सत्यकथामा निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन र निर्देशन रहेको छ। अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित बोक्सी कुप्रथाको चित्रण गर्ने खुलाइन्।

केकी अधिकारी फिल्म्स्को प्रस्तुतिमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ। केकीका निर्देशक पिता बद्री अधिकारी निर्माता रहेको फिल्ममा राज घिमिरे कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतले अभिनय गरेका छन् भने लोचन रिजालको पाश्र्व संगीत, शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ।