कंगनालाई संगिन आरोप लागेपछि …



काठमाडौं ।

बलिउड अभिनेत्री कंगना रनवतमाथि गाईंको मासु खाएको आरोप लागेपछि उनले त्यसको खण्डन गरेकी छन्। हिमाञ्चल प्रदेशबाट चुनाव लड्न भारतीय जनता पार्टीबाट टिकट पाएसँगै तयारीमा जुटेकी कंगनामाथि गाईंको मासु खाएको आरोप लगाइएको छ।

उनले सो आरोपको विरोध गर्दै गतिलो जवाफ फर्काएकी छन्। हिन्दु धर्मालवम्बीसमेत रहेकी उनले एक ट्वीट गर्दै आफूले गाईंको मासु त के कुनै पनि प्रकारको रातो मासु खाने नगरेको बताएकी छन्।

‘यो निक्कै लज्जाष्पद कुरा हो कि मेरोबारेमा आधारहीन कुरा फैलाइएको छ। म केही समययता यौगिक तथा आयुर्वेदिक शैलीको प्रचार गरिरहेकी छु। मेरा प्रशंसक मलाई राम्रोसँग चिन्छन् र उनीहरूलाई थाहा छ कि म एक गौरवान्दित हिन्दु हुँ। जय श्रीराम,’ उनले स्ट्याटसमा लेखेकी छन्।

तर, कंगनाको यो ट्वीटमा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको पहिलाको ट्वीटको स्क्रिनसटसहित कमेन्ट गरेका छन्। जसमा कंगनाले लेखेकी छन्, ‘बिफ या कुनै पनि प्रकारको मासु खानु नराम्रो होइन। यो धर्मको कुरा होइन। तर, म आठ वर्षअघि नै शाहकाहारी बनेकी छु।’

प्रतिक्रिया दिनुहोस्