नेपथ्य अब बिर्तामोडमा



काठमाडौं ।

लोकप्रिय सांगीतिक समूह नेपथ्य ब्यान्ड आगामी शुक्रबार अर्थात् यो वर्षकै अन्तिम दिन पूर्वीनेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ।

नेपथ्यले सो सहरकै प्रमुख खेलकुद आयोजना झापा गोल्डकपलाई योगदान दिने उद्देश्यका साथ आफूलाई प्रस्तुत गर्न लागेको जनाएको छ। स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो।

कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।

प्रतिक्रिया दिनुहोस्