अयोध्या–जनकपुर रेल सेवाको स्वागतका लागि भव्य तयारी


काठमाडौँ ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने तालिका छ।

रेलको स्वागतका लागि जनकपुरधाममा सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोह आयोजना गरिने तयारी गरिएको छ।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने १७ डिब्बे रेल भारतका उत्तर प्रदेश र बिहार हुँदै जनकपुरधाम आइपुग्नेछ। सातामा एकपटक सञ्चालन हुने यस रेल सेवाले नेपाल–भारतबीचको धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध र आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।