आज प्रतिनिधिसभाका पाँच समितिको बैठक बस्दै


काठमाडौं ।

प्रतिनिधिसभाअन्तर्गतका पाँचवटा समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, उद्योग वाणिज्य तथा श्रम, महिला तथा सामाजिक, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

महिला तथा सामाजिक समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ९ बजे र ९ः३० बजे बस्नेछ भने अर्थ, उद्योग वाणिज्य तथा श्रम र शिक्षा समितिको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ।

बैठकमा विभिन्न विधेयकमाथि छलफल, संशोधन प्रस्ताव तथा सुनकोशी–मरिण डाइभर्सन आयोजना र नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल एवं स्काडा प्रणाली विस्तारसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।