ब्यायाम मन्दिरमा सरोज र जुनिता प्रथम



काठमाडौं ।

नेपाल ब्यायाम मन्दिरद्वारा आयोजित सातौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा सरोज मानन्धर र जुनिता श्रेष्ठले पहिलो स्थान हासिल गरेका छन्।

हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व.निलकण्ठ नारायण मानन्धर स्मृतिमा हुने सो प्रतियोगितामा विजेताहरू सरोजले १० हजार र जुनिताले ७ हजार नगद पुरस्कार प्राप्त गरे।

खुला रुपमा क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा सरोजले बेन्च प्रेस र स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा गरी कुल ३ सय ५०.२८ किलोग्राम तौल उचालेका थिए। त्यस्तै, दोस्रो हुने दिलेन्द्र महर्जनले ३ सय ४५.०६ केजी र तेस्रो हुने सन्तोष गिरीले ३ सय २०.३६ केजी तौल उचालेर क्रमशः ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे।

त्यसैगरी, जुनिताले २ सय १३.१३ किलोग्राम उचालेकी थिइन्। दोस्रो हुने एनी सायराले १६०.६३ केजी र तेस्रो हुने पूजा सुनुवारले १४६.३६ केजी भार उचाले । महिलातर्फ दोस्रो र तेस्रो हुनेले क्रमशः ५ र ३ हजार नगद पुरस्कार प्राप्त गरे।

त्यसैगरी डेमोस्ट्रेसन प्रतिस्पर्धाको रुपमा खेलाइएको डेडलिफ्टको मात्र एकल स्पर्धामा सर्वाधिक २ सय १० केजी भार उचालेर सविन परियारले नगद १० हजार पुरस्कार जित्न सफल भए।

प्रतिक्रिया दिनुहोस्