कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

स्थानीय तह निर्वाचन केन्द्रित अभियान ‘हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार तथा सुझाव बैठकमा समेटिने दुलालले बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।