मेस्सीबिनाको इन्टर मियामी पराजित

1.13k
Shares

काठमाडौं ।

इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजित भएको छ। बिहीबार बिहान सम्पन्न खेलमा मोन्टेरेयले इन्टर मियामीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

मोन्टेरेयको जितमा म्याक्सिमिलीयानो मेजा र जर्ज रोड्रीगुएजले एक एक गोल गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि एक गोल थोमस आल्भेजले गरेका थिए।

त्यसै गरी इन्टर मियामीका डेभिड रुइजले खेलको ६५औँ मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सीमित भएको थियो। यस खेलमा पनि लियोनेल मेसी खेलेका थिएनन्।

इन्जुरीका कारण मेसी पछिल्ला खेलहरूमा मैदान बाहिर रहेका छन् । उनी कहिलेदेखि खेलमा फर्किन्छन् भन्ने स्पष्ट रहेको छैन। अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल ११ मा हुने छ।

Skip This