मलाईका अर्जुनसँग बिहे गर्दै !



एजेन्सी ।

बलिउड अभिनेत्री मलाइका अरोरा हाल आफ्नै बिहेको खबरले निकै चर्चामा छिन्। भारतबाट प्रकाशित हुने पत्रिका अनलाइन संस्करणका अनुसार पहिला उनको प्रेगेनेन्सी र पछि उनकी आमालाई अर्जुन कपुरले भेटेको घटनासँगै मलाइकाको बिहेको खबर आगोसरी फैलिएको हो।

समाचारमा चर्चा गरिएअनुसार यसअघि मलाइका उनको जिम सेसनको भिडियोका कारण चर्चामा रहन्थिन्। तर, यसपटक भने बिहेको खबरले चर्चामा छिन्। मलाइका र अर्जुन कपुरबीच विवाह हुने खबर सामाजिक सञ्जालमा तीव्र गतिले भाइरल भएको छ।

खासमा मलाइका अरोरा हालै रनवे हेयरका लागि एक र्‍याम्प वाकमा सहभागी भएकी थिइन्। जहाँ मानिसले उनको पेट अस्वाभाविकरूपले बाहिर निस्केको देखे।

बाहिर निस्केको फोटो बाहिरिएपछि मलाइका ५० वर्षको उमेरमा गर्भवती भएको अनुमान लगाए। त्यसलगत्तै उनका प्रेमी अर्जुन कपुर मलाइकाको घर गएर उनकी आमासँग भेटघाट गरिरहेको अवस्थामा देखियो।

मलाइकाको घरबाहिर अर्जुन कपुर देखिएपछि मलाइका गर्भवती भएको र सोही कारण अर्जुन बिहेको कुरा गर्न उनको घर गएको अनुमान लगाइयो। यद्यपि पछि अर्जुन कपुर इस्टरको तिहारको निम्ता गर्न उनको घर पुगेको खबर बाहिरियो।

प्रतिक्रिया दिनुहोस्