चलचित्र संघको कार्यसमितिलाई कलाकार संघको बधाई



काठमाडौं ।

नेपाल चलचित्र कलाकार संघले मंगलबार एक समारोह आयोजना गरी नेपाल चलचित्र संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई र सम्मान व्यक्त गरेको छ।

कार्यक्रममा बधाई ग्रहण गर्न नेपाल चलचित्र संघका नवनिर्वाचित अध्यक्ष नरेन्द्र महर्जन तथा सदस्य गोपालकाजी कायस्थ सहभागी भएका थिए।

संघको तर्फबाट अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, कोषाध्यक्ष सुनिल कटुवाल, सहकोषाध्यक्ष पवित्रा आचार्यसहित कार्यसमितिको तर्फबाट बधाई ज्ञापन गरिएको थियो।

भाइचारा अभिवृद्धि गर्दै सहकार्यमा फिल्म उद्योगलाई अझै परिस्कृत र विकसित गर्दै अघि बढ्न संघ तयार रहेको बधाई तथा सम्मानपत्रमा उल्लेख छ।

पत्रकार शान्तिप्रियद्वारा सञ्चालित कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौलाको जन्मदिन पनि मनाइएको छ। अहिले चलिरहेको चल्ती र पश्चिमा शैली अनुसरणको उपेक्षा गर्दै निरौलाले द्वीप प्रज्वलन गरी जन्मदिन मनाए। शरीर पंचतत्वले बनेको हुन्छ भन्दै पाँच मैनबत्ती बालेर निरौलाले फरक शैलीमा जन्मदिन मनाएका हुन्।

कार्यक्रम कलाकार एवं संघकी कोषाध्यक्ष पवित्रा आचार्य, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का तथा संघका महासचिव सविन श्रेष्ठको सक्रियतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्