फ्रेन्डसिप कपमा आज नेपाल र बरोडा खेल्दै



काठमाडौं ।

नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ। गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २: ४५ बजेदेखि शुरु हुँदै छ।

नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो। त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसियसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ।

नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ। त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्