कोशी प्रदेश सरकारमा मौलाउँदो विकृति

पुल उद्घाटन गर्न मन्त्री र उपसभामुखको लस्कर



 उदयपुर ।

 कोशी प्रदेश सरकारभित्र विकृति र अनियमितताको शृङ्खला यतिबेला बढ्दै गएको छ । अनावश्यक खर्च र उद्घाटन गर्ने नपर्ने पुलको उद्घाटन गरेर अनावश्यक रुपमा खर्च गरिरहेको पाइएको छ ।

उदयपुरको कटारी नगरपालिका वडा नं ६ र ७ जोड्ने सोमबारे स्थित वैद्यनाथ खोलामा निर्माण गरिएको पुलको उद्घाटनकारलागि सोमबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित भौतिक पूर्वाधार विकास मन्त्री कमल जगेबु उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्री तथा कोशी प्रदेश सभाकी उपसभामुख समेत उपस्थित हुनुले विकृति मौलाएको आभास हुन्छ ।

उदयपुरको मदन भण्डारी लोकमार्गमा रहेका पुल बिना उद्घाटन नै संचालनमा आएका छन्। तर सोही लोकमार्गसँग जोडिएको वैद्यनाथ खोलाको शाखा बाटोमा पर्ने पुल उद्घाटन नगरी पनि संचालन गर्न सकिन्थ्यो यो प्रदेश सरकारको अनावश्यक खर्च हो नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले टिप्पणी गरे ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तुलसी प्रसाद कोइरालाले मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा ४५ बटा पुल बनेका छन तर कुनै पनि उद्घाटन गरिएन र हालसम्म सवारी साधनहरु राम्ररी संचालन भैरहेका छन । सस्तो लोकप्रियताकालागि कोशी प्रदेशका मन्त्रीहरु लावालस्कर लागेर जानु पर्ने आवश्यकता नै नभएको बताए ।

प्रेस युनियन उदयपुरका पूर्व अध्यक्ष भक्तिबिलास पोखरेलले यो प्रदेश संरचना नै अनावश्यक हो राज्यलाई आर्थिक बोझ मात्र भएको र एउटा पुलको उद्घाटनमा तीन जना जानु उपयुक्त होइन यो त राज्यलाई आर्थिक बोझ पार्ने काम मात्र हो र यो विकृति भएको बताए ।

स्मरण रहोस् की कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बहादुर बुर्जा मगर, उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्री नेपाली कांग्रेसबाट मन्त्री भएका हुन भने नेकपा एमालेबाट कोशी प्रदेश सभाकी सदस्य सिर्जना दनुवार उपसभामुख बनेकी छिन । स साना कार्यक्रममा पनि प्रदेश सरकारका मन्त्री र उपसभामुखको उपस्थितिले कार्यक्रमलाई अझ महत्त्वहीन बनाएको र अनावश्यकको तडक भडकमा मन्त्रीहरु लाग्नु नमच्चिने पिङको सय झड्का, निभ्ने बेलाको दियो, जुन गोरुको सिङ छैन उसको नाम तिखे जस्ता उखानलाई चरितार्थ पारेको बुद्धिजीवीहरूले बताएका छन् ।

जावो एउटा पुलको उद्घाटन गर्न प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा दुई जना मन्त्री र उपसभामुखको लस्कर लाग्नु भनेको राज्यलाई भार हुने काम हो र पुलको उद्घाटन नगर्दा पनि आखिरी सवारी संचालन हुने हो र स्थानीय मानिस आवत जावत गर्ने भएकोले यो तडक भडकमा लाग्ने लाखौँको खर्च अन्य काममा लगाएको भए वा गरिबी निवारणकालागि विपन्न परिवारको आय आर्जनमा लगाएको भए उपयुक्त हुने सल्लाह बुद्धिजीवीहरूले दिएका छन् ।

उक्त पुल जुन पालिका भित्र पर्दछ सोही पालिकाको प्रमुखसँग समन्वय गरेर निर्माण गर्ने ठेकेदार कम्पनिले पालिका प्रमुखबाट गराउँदा वा भौतिक पूर्वाधार कार्यालयले गर्दा हुने हो तर यो जनतालाई तमासा देखाउन भनौ वा हामीले काम ग¥यौँ भन्ने देखाउनकालागि मात्र भएको र कुनै पुरुषार्थको काम नभएको बुद्धिजीवीहरूको टिप्पणी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्