ईश्वर मंसिरमा आउने



काठमाडौं ।

राजु गिरीको निर्देशनमा निर्माणाधीन फिल्म ईश्वर आगामी २०८१ साल मंसिर १४ गते रिलिजमा आउने भएको छ।

फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरिएको हो। लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनील थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, सबिन बास्तोला, गीता अधिकारीलगायतले अभिनय गरेका छन्।

फिल्मको पोस्टरमा सुनील थापा, बुद्धि तामाङ, रवीन्द्र झा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पृथ्वीराज प्रसार्इं, अनु शाह, ध्रुव थापा फिचर्ड छन्।

दिव्या कंगना फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवं संवाद भोजराज देवकोटाले लेखेका छन्।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व छ। फिल्मको सम्पूर्ण छायांकन, पोखरा र हेम्जाकोटमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्