पर्वतको मोदिबेनीमाथि फिल्म निर्माण



काठमाडौं ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्ने फिल्म मोदीबेनीको छायांकन पूरा भएको छ। फिल्मको ३१औँ दिनमा छायांकन समाप्त भएको हो।

हालै पर्वतको फलेवासमा वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम सट दिएरपछि फिल्म सुटिङ प्याकअप गरिएको हो। दुई चरणमा गरिएको फिल्मको छायांकन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डे र पर्वतको मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो।

करिब ३६/४० वर्ष पहिले र हालको कथालाई मिश्रण गरी निर्माण गरिएको फिल्मले मोदीबेनी क्षेत्रको कथा भन्ने जनाइएको छ।

अमर प्रताप श्रेष्ठले नायकका रूपमा डेब्यु गरेको फिल्ममा अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन्। निर्देशक शंकर कोइरालाको पनि यो डेब्यु फिल्म हो।

अमरप्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायतले अभिनय गरेको फिल्म डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा दिलीप केसीले निर्माण र हरि श्रेष्ठले सहनिर्माण गरिरहेका छन्।

फिल्ममा बिक्रम क्षेत्रीको लेखन र उत्सव दाहालको डिओपी रहेको छ।

प्रतिक्रिया दिनुहोस्