रामेछापमा ग्रामीण फिल्म महोत्सव हुने

84
Shares

रामेछाप ।

रामेछापमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा आगामी वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा महोत्सव गरिने आयोजक संस्थाले बुधबार आयोेजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

हरेक वर्ष फरकफरक जिल्लामा गरिने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्म प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए। सापकोटाले नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम पनि गरिने बताए।

कार्यक्रम फिल्म निर्देशक कमल एक्चै मगरको संयोजनमा हुनेछ। महोत्सवमा करिब दुई दर्जन फिल्म देखाइने र फिल्मकर्मीका साथ रामेछापका दर्शकले अन्तरक्रिया पनि गर्नेछन्।

रामेछाप जिल्लामा हालसम्म सिनेमा घर छैनन्। सिनेमा हेर्न रुचि राख्ने दर्शकलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनेछ। कार्यक्रमले नेपाली फिल्म क्षेत्रको प्रवद्र्धनमा सघाउ पुग्ने आयोजकले जनाएको छ।