छुट्नेबेला म्युजिकल फिल्म



काठमाडौं ।

गीतकार लिलाराज काम्बाङको म्युजिकल फिल्म छुट्ने बेला हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि ख्यातिप्राप्त गायक तथा संगीतकार दीप श्रेष्ठसँगै लोकप्रिय गायिका अन्जु पन्त, गायक शिव परियारलगायतले २८ मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गरेका हुन्।

म्युजिकल फिल्ममा साइराज खाती र मुना ठटालको स्वर रहेको छ। खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन्। गीतमा शंकर थापा स्माइलको संगीत र कुशल सिंहको एरेन्जमेन्ट रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि गायक श्रेष्ठले मेरो भ्वाइस युनिभर्सबाटै सबैको मन जितिसकेका खाती र ठटालद्वारा स्वरबद्ध गीतलाई म्युजिकल फिल्मको रूपमा हेर्न पाउँदा खुसी लागेको बताए। गीतकार स्माइलले गीतको अडियो र भिडियोमा निकै मिहिनेत गरेको बताए।

छुट्नेबेलाको भिडियोमा सम्राट अधिकारी, प्रतीक्षा लिम्बू, मीनबहादुर गुरुङ, कृष्ण बोहोरा, शंकर थापा स्माइललगायतले अभिनय गरेका छन्।

गणेश शाहीको कथा र निर्देशन रहेको भिडियोमा विशाल थापाको छायांकन र दिन्शन शाहको सम्पादन रहेको छ। गणेशले यसअघि थुप्रै फिल्ममा सहनिर्देशन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्