कमेडी दरबारमा गौरी

126
Shares

काठमाडौं ।

प्रसारणमा आउने तयारीमा रहेको टेलिभिजन कमेडी शो कमेडी दरबारमा अभिनेत्री गौरी मल्ल जोडिएकी छिन्।

शोका निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले अभिनेत्री मल्लसँग शोका लागि सम्झौता गरेका छन्। निर्देशक बिक्कीका अनुसार शोमा अभिनेत्री मल्लको शीर्ष भूमिका रहनेछ।

सबै कलाकारको भूमिका केही समयपछि खुलाउने उनले बताए। यसअघि अभिनेता विजय बराल, हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल र विकास अर्याल शोका लागि अनुबन्धित भइसकेका छन्।

निर्देशक श्रृद्धाका अनुसार शोको यतिबेला सेटको काम भइरहेको छ। उनले अहिले आइरहेका टेलिभिजन कमेडी शोभन्दा केही फरक गर्ने प्रयासमा टिम जुटेको बताइन्।

शो पारिवारिक कमेडीका रूपमा प्राइम टेलिभिजनबाट प्रसारण हुनेछ। बिक्कीले यसअघि आम्मा कसम याँ दुख्छको होस्टसँगै कमेडी क्लब विथ च्याम्पियनको निर्देशन गरेका थिए।