साम्राज्य नेपाली र हिन्दी भाषामा बन्ने



काठमाडौं ।

निर्माता निर्देशक बाबुसाहेब बलामीको निर्देशनमा साम्राज्यनामक फिल्म निर्माणको घोषणा गरिएको छ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। फिल्ममा भोजपुरी फिल्मका अभिनेता कुन्दन भारद्वाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाले मुख्य भूमिकामा रहनेछन्।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने जानकारी गराए। प्रदर्शनको तयारीमा रहेको उनको फिल्म देववाणी पनि हिन्दी र नेपाली दुई भाषामा नै तयार पारिएको छ।

फिल्म निर्माण घोषणा कार्यक्रममा प्रमुख अतिथि चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले फिल्मलाई सफलताको शुभकामनासमेत दिएका थिए।

अनुजा इन्टरटेनमेन्टको ब्यानरमा हिराबहादुर लेप्चा र पूर्णिमा लेप्चाले निर्माण गर्ने फिल्म आगामी जेठ अन्तिमबाट सुटिङ फ्लोरमा जानेछ।

एक्सन जनरामा निर्माण हुने फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बा“की नराख्ने निर्माता हिराबहादुर लेप्चाले बताए। इन्डो नेपाली फिल्ममा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण समूहले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्