श्रद्धाले पापाराजीसँग पिज्जा मागेर खाएपछि …



काठमाडौं ।

बलिउडका प्रतिष्ठित कलाकार कहिलेकाही यति सरल रूपमा प्रस्तुत भइदिन्छन् कि जुन देखेर उनीहरूको सादगीको चर्चा जहींतहीं हुने गर्छ।

हबलिउड अभिनेत्री श्रद्धा कपुरको पनि हालै यस्तै भिडियो सामाजिक सञ्जालमा फैलिएको छ, जसबाट उनले चौतर्फी प्रशसा पाइरहेकी छन्। तर, उनले प्रशंसा पाएको विषय निकै सानो छ।

बलिउडको एक अवार्ड शोमा सहभागी हुने क्रममा श्रद्धालाई भोक लागेपछि उनले पापाराजीले खाइरहेको पिज्जा मागेर खाएकी थिइन्। अवार्ड सहभागी भएकी श्रद्धा स्टेजमा पापाराजीलाई तस्वीरका लागि विभिन्न पोज दिइरहेकी हुन्छिन्।

यत्तिकैमा उनको नजर खाजा खाइरहेको एक फोटोग्राफरमाथि पर्छ र उनी तुरुन्तै ओर्लिएर मलाई पनि भोक लागिरहेको छ के म यो लिन सक्छु भन्दै पिज्जा खाइरहेका उनलाई सोध्छिन्। ती व्यक्तिले पनि निकै खुसी हुँदै श्रद्धालाई आफूले खाइरहेको पूरै पिज्जा दिन्छन् र श्रद्धा खान थाल्छिन्।

बलिउडमा एकातिर पापाराजीलाई दुर्व्यवहार गर्ने र उनीहरूबाट टाढा रहने कलाकार पनि छन् भने पापाराजीसँग सरल रूपमा प्रस्तुत हुने श्रद्धाको उनीहरूसँग तुलना गरिरहेका छन्।

धेरैले श्रद्धाको सरल शैलीको प्रशंसा गर्दै उनीबाट अन्य कलाकारले पनि केही सिक्नुपर्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्