पुजार सार्कीको अन्तिम दृश्यमा सबै प्रमुख कलाकार



काठमाडौं ।

पुजार सार्कीको ४८औँ दिनमा प्याकअप भएको छ। मंगलबार दर्शन गरें हल्का निहुरेर बोलको कौडा गीतको छायांकन गरी सुटिङ प्याकअप गरिएको निर्देशक दिनेश राउतले बताए।

अन्तिम दिन छायांकन गरिएका गीतमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बूले नृत्य गरेका छन्।

दर्शकको रोजाइका तीन स्टार एकसाथ फिल्ममा आउन लागेको खबर बाहिरिएदेखि नै पुजार सार्की चर्चामा छ। फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायत कलाकारले पनि अभिनय गरेका छन्।

फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, प्रकाश सपूत, शान्तिश्री परियार र केतन क्षेत्रीको स्वर, सुवास भुसालको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, राजेश श्रेष्ठको डिओपी र सुप्रिम पराजुलीको सम्पादन र कलर ग्रेडिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्