कलाकारका लागि खुसी विज्ञान



काठमाडौं ।

नेपाल चलचित्र कलाकार संघले कलाकारका लागि खुसी विज्ञान कार्यक्रम आयोजना गर्ने भएको छ। आफ्ना सदस्य कलाकारका लागि विभिन्न गतिविधि गर्ने क्रममा यस किसिमको कार्यक्रम समन्वय गर्न लागेको संघका अध्यक्ष मोहन निरौलाले जानकारी गराए।

कार्यक्रमा शारीरिक, स्वास्थ्य, मानसिक शान्ति एवं खुसीयालीपूर्ण जीवनका लागि जीवन विज्ञान र नेपाल चलचित्र कलाकार संघले संयुक्तरूपमा आयोजनामा गर्न लागेको हो।

पछिल्लो समयमा सम्पूर्ण मानव जातिमा मानसिक विचलन, वितृष्णा जागिरहेको अवस्थामा नेपाली कलाकारलाई सम्बोधन गर्दै यो कार्यक्रम गर्न लागिएको निरौलाले बताए। कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले सम्बोधन एवं शिक्षा दिनेछन्।

कार्यक्रम कलाकार निरु खड्काको समन्वयमा भोलि शुक्रबार बिहान १० बजेदेखि जीवन विज्ञानको कार्यालय चाबहिलमा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्