कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु



काठमाडौं ।

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ। मंगलबार कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको मृत्यु भएको हो।

मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन्। तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे।

मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्