अमिरसँगको सम्बन्ध विच्छेदको कारण आफू नभएको किरणको दाबी

518
Shares

एजेन्सी ।

बलिउड अभिनेता अमिर खान फिल्ममा जति सफल भए, वैवाहिक जीवन र प्रेम सम्बन्धमा भने त्यति नै असफल। अमिरले पहिलो विवाह फिल्म निर्मात्री रिना दत्तका साथ गरेका थिए भने सन् २००२ मा रिनासँग छुट्टिएका अमिरले त्यसको तीन वर्षपछि बलिउड निर्मात्री, निर्देशक र लेखकसमेत रहेकी किरण रावका साथ विवाह गरेका थिए।

त्योबेला अमिरले किरणका कारण रिनासँग सम्बन्ध विच्छेद गरेको भन्ने गसिप बलिउडमा चल्थ्यो। किरणले हालै एक अन्तर्वार्तामा सोबारे पहिलोपटक मुख खोल्दै अमिरको सम्बन्ध विच्छेदको कारण आफू नभएको बताएकी छन्।

‘धेरै मानिसलाई लाग्छ कि मेरा कारण अमिरको पहिलो श्रीमतीसँग डिभोर्स भएको हो। तर, उनीहरूको सम्बन्ध विच्छेदको एक दुई वर्षपछि अर्थात् सन् २००४ मा फिल्म लगानको सेटमा अमिर र मेरो भेट भएको थियो। लगानको सुटिङको क्रममा मुस्किलले दुई/तीन पटक मात्र हाम्रो भेट भएको थियो। त्यसको केही समयपछि मात्र हामी एक अर्कासँग बाहिर जान थालेका थियौँ,’ उनले भनेकी छिन्।

सन् २००५ मा किरणका साथ दोस्रो विवाह गरेका अमिरको दोस्रो विवाह पनि १६ वर्षपछि टुटेको थियो। स्न २०२१ मा एक अर्कासँग छुट्टिएका किरण र अमिर बेलाबेलामा आफ्नो छोरा आजादका साथ घुमघाममा सँगै देखिन्छन्।

उनीहरूले आफ्नो सन्तानको खुसीका लागि सो कार्य गरेको बताउँदै आएका छन्। रिनाको तर्फबाट अमिरको छोरी इरा र छोरा जुनाइद रहेका छन्।