बद्रीबहादुरको पुलिस दाइमा सलोन र पूजा



काठमाडौं ।

आगामी चैत्र २३ गते रिलिज हुने फिल्म बद्रीबहादुरको गीत पुलिस दाइ सोमबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्माका साथमा फिल्मका मुख्य कलाकार जयकिसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ। सलोन र पूजा फिल्मको यही गीतमा मात्रै देखिनेछन्।

उनीहरूले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन्। निर्माता निर्देशक शोभित बस्नेतद्वारा निर्देशित फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईंको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक बस्नेत स्वयं देखिएका छन्।

गीतमा शिवम अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर रहेको छ भने शिव विकको कोरियोग्राफी छ। यस्तै, विनोद सापकोटाको छायांकन रहेको छ।

एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्म्स्को ब्यानरमा विजय गोपाल दलीद्वारा प्रस्तुत तथा मिथुन भोटेद्वारा निर्मित फिल्ममा रवि अधिकारी कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समीर मियाँको सम्पादन रहेको छ। फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्